देशका विभिन्न स्थानमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना

File Photo

काठमाडौं – देशका विभिन्न स्थानमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेशमा तातो दिन कायमै रहने भए पनि भोलिदेखि तापक्रम घट्ने सम्भावना छ । गएराति कोशी प्रदेश, गण्डकी प्रदेशबागमती प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गोरखा र धादिङको सिमानामा पर्ने आरुघाट क्षेत्रमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

केही दिनयता पश्चिम तराईमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेकोमा हिजो तापक्रम केही घटेको छ । हिजो सबैभन्दा बढी धनगढीमा ३९ डिग्री तथा नेपालगञ्जमा ३८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागसहित बाँकी तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्