अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने आँकलन, १ लाख ३० हजार बढीकाे मृत्यु

अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् ।
हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन ।’

यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ ।

कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म अमेरीकामा २७ लाख २७ हजार ८ सय ५३ जनामा संक्रमण देखिएको छ भने १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्