शुक्लाफाँटाको वडा नं.४ मा सडक कालोपत्रेमा लापरवाही, एक वर्ष नपुग्दै खाल्डाखुल्डी

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

माथिको फोटो हेर्दा तपाई लाग्छ होला यो कम्तीमा पनि २० बर्ष पहिले कालोपत्रे भएको होला तर यो केवल १ बर्ष पहिले गरिएको कालोपत्रे हो ।
शुक्लाफाँटा नगरपालिकाको वडा नं.४ मा सडक कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डी परेर आवतजावतमा सास्ती खेप्नु परेको छ ।
संघीय सरकारको समपूरक बजेट अन्तर्गत संघको ४० प्रतिशत र नगरको ६० प्रतिशत गरि जम्मा १ करोड रकमको लागतमा सडक निर्माणका लागि ’जय बाबा कन्स्ट्रक्सन प्रा.लि.’ सँग गत वर्ष ठेक्का सम्झौता भएको थियो ।

तर ठेकेदार कम्पनीले बनाएको कालोपत्रे एक वर्षपनि नपुग्दै सवारी आवतजावत नै गर्ने नसकिने गरि फुटेको स्थानीयले बताएका छन् । यस विषयमा वडा कार्यालय तथा नगरपालिकाले चासो दिएको देखिदैन भने ककन्स्ट्रक्सन प्रा.लि. चासो दिने कुरै भएन ।

 

फाेटाे : सेतीकाली न्यूज अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्