यूएईबाट १ हजार ८ सय ८९ जना नेपाल फर्किए

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट १ हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो ।

यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ । नेपाल फर्किएका नागरिकलाई काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन र सामान्य स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राख्ने गरी पठाइने गरिएको छ ।
यूएईमै पीसीआर परीक्षण गरेर नेगेटिभ नतिजा आएको अवस्थामा भने होम क्वारेन्टिनमा बस्ने गरी पठाइने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्