सुर्खेतमा पीसीआर मेसिन बिग्रियाे, काेरना परीक्षण प्रभावित

कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ ।
प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो ।
‘शुक्रबार नै मेसिन बिग्रिएको थियो र सफ्टवेरमा समस्या भयो कि भनेर अन्य प्रयास गरेपनि हार्डवेयरमै समस्या देखिएको छ । मर्मतमा समय लाग्ने निश्चित भएको छ ।
मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।
कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्