स्याङ्जाको गल्याङमा पहिरोले पुरिएर एक पुरुषको मृत्यु, थप विवरण आउन बाँकि

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा गएराति पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको छ भने छोराको अवस्था सामान्य छ ।
घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको थप विवरण आउन बाँकि छ ।

 

तस्बिर अभिलेखबाट प्रयाेग गरिएकाे

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्