सुदूरपश्चिममा अझै १६ हजार भन्दा बढी जना क्वारेन्टिनमै (कुन जिल्लामा कति ?)

सुदूरपश्चिम प्रदेशमा अझै १६ हजार भन्दा बढी जना क्वारेन्टिनमै रहेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ वटै जिल्लामा गरि १६ हजार ४ सय २ जना अझै क्वारेन्टिनमै रहेका छन ।
जसमा कैलालीका ३ हजार ९ सय ३० जना, अछाममा २ हजार ४ सय ५८, कञ्चनपुरमा १ हजार ९ सय ७९, डोटीमा १ हजार ७ सय ५४ जना, बैतडीमा १ हजार ४ सय ३४, बझाङमा १ हजार ९ सय ४४, बाजुरामा १ हजार ४ सय ९१, डडेल्धुरामा ८ सय ६२ र दार्चुलामा ५ सय ५० जना अहिले क्वारेन्टिनमा रहेका छन् ।
यस्तै प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन भएका ४ हजार १ सय ७४ जनाको रिर्पोट आउन बाँकि रहेको छ । सुदूरपश्चिममा अहिले सम्म पीसीआर विधीबाट १६ हजार नौ सय ३५ जनाको परीक्षण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्