महाकालीको मुहान नै प्रष्ट नभई सन्धि गर्न हतारिएकै कारण नेपाली भूमि भारतले मिचेको हाे : उपाध्यक्ष गौतम

File photo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २०५४ मा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

शनिबारको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले महाकाली सन्धि गलत छ भनेर विरोध गर्दा आफूमाथि कारबाही भएको समेत स्मरण गराए ।
महाकाली सन्धी गर्दा महाकालीको मुहान नै प्रष्ट नभई सन्धि गर्न हतारिएकै कारण लिम्पियाधुरा लिपुलेक र कालापानी भारतले मिचेको समेत प्रष्ट पारे ।

भारतसँग वार्ता र छलफलबाटै सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै उपाध्यक्ष गौतमले वार्ता गर्न नमाने दबेर बस्नु नहुने र विकल्पमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्