सवारी दुर्घटनामा परि रुपन्देहीका एक पत्रकारको मृत्यु

सवारी दुर्घटनामा परि रुपन्देहीका एक पत्रकारको मृत्यु भएको छ । गएराती आफैले चलाएको कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्