केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

सुशील सवेदी, सिन्धुपाल्चाोक

रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानीय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र परेका छन् । शनिवार काठमाण्डौवाट केरुङ तर्फ जाँदै गरेको कन्टेनरहरुलाई स्थानियले कालिकास्थानवाट फर्काएको व्यवसायीहरु वताउँछन् । ‘कन्टैनर लिएर कालिकास्थान सम्म पुग्यौ, गुण्डागर्दी शैलीमा युवाहरुको हुल आएर कन्टेनर फर्काउन धम्की दिएपछि वेत्रावती आएर वसेका छौ ।’ सिल्क ट्रान्सपोर्टका कन्टेनर चालकले भने । सामान लिन केरुङ जाँदै गरेका कन्टेनर चालकले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । ‘चीनले दैनिक चार कन्टेनर मात्र सामान ल्याउने तर नेपाली कन्टेनरको चाप वढेकोले केही समस्या भएको हुनसक्छ, रसुवाका प्रहरी नायव उपरीक्षक ईन्द्र सुवेदी वताउन्छन् । नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर र चालकले मितेरी पुलसम्म ल्याइदिने र नेपाली कन्टेनरले सम्बन्धित ठाउँसम्म पुर्याउन पाउने गरि बुधवार नेपाल चिन पक्षवीच सहमति भएको थियो । मितेरी पुलमा आएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य हुनुपर्ने सर्त चिनिया पक्षकको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्