अफगानिस्तानमा नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा १५ जना तालिबान लडाकू मारिए

एजेन्सी – अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा सवैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । शुक्रबार राति सो घटना भएको उनीहरुले बताएका छन् ।

टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरुले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए । सोही साइसान उपत्यकाको एक गाँउमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए । कान्दाहार प्रान्तका प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्