कञ्चनपुरमा सरकार विरुद्ध नेविसंघको प्रदर्शन

कञ्चनपुर – कञ्चनपुरमा आज सरकार विरुद्ध नेबिसंघले शान्तिपुर्ण आन्दोलन गरेको छ । कोरोेना महामारीको बेला सरकारले क्वारेन्टाइन व्यवस्थापन तथा विपन्न दलित दैनिक गुजारा गरि खाने निम्नवर्गिय जनतालाई वितरण नगरी आफ्ना आफन्त तथा पार्टी निकट व्यक्तिहरुलाई प्राथमिकता दिएर राहत वितरण गरेको विरुद्धमा आज आन्दोलन गरेको नेविसंघका जिल्ला उपाध्यक्ष इन्द्र सिंह साउदले बताए ।

कोरोेना महामारीको बेला प्रयाप्त मात्रामा आवश्यक पर्ने पीसीआर किट तथा अन्य स्वास्थ्य उपकरणहरु खरिद गर्ने बेला उल्टै आफ्नो स्वार्थपुर्तिको लागि सेनालाई किट खरिद गर्ने जिम्मा दिएर व्यापक भ्रष्टाचार गरेकोले आफुहरु बाध्य भएर आन्दोलन गरेको नेवि संघका नेता कृष्णदेव जोशीले बताए ।

आन्दोनकारीहरुले ‘नुनतेल बेसार आरडिटि होईन पीसीआर, दश अर्ब खोई ओलि तेरो पाराले दुख पायो साराले, युवा जति खाडिमा ओलि भाईरस गाडीमा, लगायतका नाराहरु लेखेको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । आन्दोलन मदन चोक देखि नारा लगाउदै जिल्ला पं्रशाससन कार्यालय अगाडी पुगेर प्रदर्शन गर्दै समापन भएको थियो । आन्दोलनमा नेविसंघ कञ्चनपुरका बिभिन्न क्याम्पसका बिधार्थीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्