शैल्यशिखर नगरपालिकाको नीति तथा कार्यक्रम : गोकुलेश्वर अस्पतालमा शल्यक्रिया सेवा संचालनमा ल्याउने

दार्चुला – शैल्यशिखर नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा विकास योजनाहरु बनाउँदा स्वास्थ्य, कृषि र रोजगारी हुने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिइने उल्लेख छ । कोभिड–१९ का कारण आइशोलेसन, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, सूचना तथा तथ्याङ्क संकलन एवम् सम्पेषणलाई समेत विशेष प्राथमिकतामा राखेको छ । गोकुलेश्वर अस्पतालमा शल्यक्रिया सेवालाई पुनः संचालनमा ल्याउने जस्ता नीति तथा कार्यक्रमहरु नगरपालिकाले अघि सारेको नगर प्रमुख अमरसिंह धामीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्