हेटौंडा उप-महानगरपालिकाको बजेट २ अर्ब ८ करोड

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरको सातौं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले आर्थिक बर्ष २०७७÷०७८ का लागि अनुमानित बजेट पेश गरेकी हुन् । उपमहानगरले पेश गरेको बजेट मध्ये आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाडफाडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार, संघीय सरकार अनुदानबाट ९८ करोड ९९ लाख र चालू वर्षको असार मसान्तसम्म बचत राजश्व २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

उपमहानगरमा बसोवास गर्ने नगरवासीमा कोभिड संक्रमण भई मृत्यु भएमा परिवारलाई कोरोना रोकथाम नियन्त्रण कोषबाट राहत स्वरुप ३ लाख रुपैयाँ दिने भएको छ । सभामा उपमेयरले पेश गरेकोे नीति तथा कार्यक्रममा चालू आर्थिक बर्षको अहिलेसम्मको अवधिमा चालुतर्फ ७५ करोड ३८ लाख २२ हजार र पुँजीगत तर्प ३१ करोड ७७ लाख ४१ हजार गरी कुल १ अर्व ७ करोड १५ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । उपमहानगरले चालू आर्थिक बर्षमा आन्तरीक श्रोत परिचालनबाट १७ करोड ३ लाख ५६ हजार समेत कुल १ अर्व ५८ करोड ५८ लाख रुपियाँ राजश्व संकलन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्