भारतमा कोरोना संक्रमण रोकिएन, १४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ४ लाख ५६ हजार पार

काठमाडौँ – भारतमा कोरोनाको संक्रमण तिव्र गतिमा भइरहेको छ । दैनिक १५ हजार भन्दा धेरै संक्रमित भेटिदै आएको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार भन्दा बढी छ । भारतमा संक्रमण तिब्र बढिरहेको हुनाले अबको एक महिनामा संक्रमण ग्राफ निकै उकालो लाग्ने विज्ञहरुले बताएका छन् ।

पछिल्लो समय भारतमा मृत्युदर पनि बढीरहेको छ । पछिल्लो २४ घण्टमा ४६८ जनाले ज्यान गुमाएका छन् । जम्मा मृतकको संख्या १४ हजार ४ सय भन्दा बढी पुगेको छ भने २ लाख ५८ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । भारत विश्वका अति प्रभावित देशहरुको सूचीमा चौथो स्थानमा छ भने एशियाको सबैभन्दा बढी प्रभावित भारत नै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्