दक्षिण कोरियामा जोखिम बढेपछि प्रतिबन्धहरु कडा पारिए

काठमाडौं – दक्षिण कोरियामा नोभेल कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै फेरि प्रतिबन्धहरु कडा गरिएका छन् ।

दक्षिण कोरियाको पाँचौं ठूलो सहर दाइज्योङमा सामाजिक दूरी अपनाउनुपर्नेसहित कडा प्रतिबन्धहरु कडा गरिएका हुन् । दक्षिण कोरियामा पछिल्लो चौबीस घण्टामा १७ जना नयाँ संक्रमित भेटिएको बताइएको छ ।

जसमध्ये ६ जना विदेशबाट आएको र अन्य ११ जनामा समुदाय संक्रमण भएको पाइएको छ । दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ४३८ पुगेको छ भने २८० जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्