जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएकाहरुलाई जनही १५ सय रुपैयाँ दिने पूर्वीचौकी गाउँपालिकाको निर्णय

डोटी – पूर्वीचौकी गाउँपालिकाले जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएका व्यक्तिहरुलाई जनही १५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाको असार ८ गते बसेको ५९औँ बैठकले सो निर्णय गरेको हो । विश्व महामारीका रुपमा फैलिएको करोना भाइरस (कोभिड–१९) का काराण देश लकडाउन भएपछि भारतबाट नेपाल आउनेहरु मारमा परेका छन् । गाउँपालिकाले जेठ २१ गते सम्म भारतबाट नेपाल फर्केका नेपालीहरुलाई सीमाबाट यातायातको व्यवस्था गरि गाउँपालिका सम्म पुर्याएको थियो । तर जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयले भारतबाट आएका व्यक्तिहरुले स्वयं यातायातको व्यवस्था गर्नुपर्ने पत्र स्थानीयतहरुलाई पठाएको थियो । सोही अनुसार जेठ २२ गतेबाट असार ८ गते सम्म भारतबाट पूर्वीचौकी गाउँपालिका भित्रिएकाहरुलाई उनीहरुको आर्थिक अवस्थालाई मध्यनजर गरि गाउँपालिकाले जनही १५ सय दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । उनका अनुसार १५ सय मा १० प्रतिशत करकट्टी गरि १३५० रुपैयाँका दरले उपलब्ध गराईने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्