स्पेनले सबै सीमानाका खोल्दै : स्वतन्त्र घुमफिरको अनुमति

काठमाडौं कोभिड–१९ बाट यूरोप महादेशमा तेस्रो बढी प्रभावित मुलुक स्पेनले सबै आपतकालको घोषणा फिर्ता गर्दै सीमानाकाहरु खुला गरेको छ ।

तीन महिना पूर्ण रुपमा बन्द रहेर पछिल्लो एक महिना आंशिक खुला भएको स्पेनले सबै यूरोपेली मुलुक र कोभिड बढी प्रभावित बेलायतबाट घुम्न जाने पर्यटकहरुलाई समेत क्वारेन्टाइ बिनै स्वतन्त्र घुमफिरको अनुमति दिएको छ ।

प्रधानमन्त्री पेड्रो साञ्चेजले स्तन्त्रताको बाबजुद पनि स्वास्थ्य सावधानीको सम्वन्धमा कडा निगरानी भने गरिने बताउनुभएको छ । स्पेनमा कोभिड–१९ संक्रमणबाट २८ हजार ३२२ जनाको मृत्यु भइसकेको छ ।

हरेक बर्ष ८ करोड बढी पर्यटकले घुम्ने गरेको स्पेनमा कोभिड(१९ को महामारिका कारण यसबर्ष पर्यटन क्षेत्र निकै प्रभावित भएको छ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा १२ प्रतिशत योगदान रहको पर्यटन क्षेत्रलाई सहज बनाउने उद्धेश्यले आपतकाल फिर्ता गरिएको हो ।(

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्