दार्चुलाको दुँहु गाउँपालिकामा जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात, प्रहरी चौकी इन्चार्ज प्रत्यक्षदर्शी

दार्चुला – दुहूँ गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारीमाथि हातपाग गरेका छन् । वडा नं २ का अध्यक्ष एबं गाउँपालिका प्रबक्ता गोबिन्द डडालले गाउँपालिकाका रोजगार संयोजक करनसिंह बडालमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा नै हातपात गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका विषयमा भएको विवादलाई लिएर वडा नम्बर २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता डडालले हातपात गरेको रोजगार संयोजक बडालले आरोप लगाएका छन् ।

आफू कर्मचारी भएकाले कसैको दबावमा भन्दा नीति र नियममा आधारित रहेर काम गर्नुपर्ने भएकाले नीति र नियम विपरित काम गर्न नसक्ने बताएपछि वडाध्यक्ष डडालले आफूमाथि हातपात गरेको संयोजक बडालको भनाई छ । हातपात मात्र नभई साबेल प्रहार गर्न खोजिएकाले वडाध्यक्षको मनसाय ज्यान मार्ने नै रहेको उनको आरोप छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडाबाट आएका फारामहरुमध्ये मापदण्ड पुगेकाहरुलाई छनौट गरि प्राथमिकीकरण गरेको विषयलाई वडाध्यक्षको चित्त नबुझेर आफूलाई हातपात गरेको हुन सक्ने उनको भनाई छ ।

आफूलाई समस्या हुने गरि ऐन कानुन मिचेर काम नगर्ने अडान राखेपछि प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा वडाध्यक्षले रोजगार संयोजक माथि हातपात गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, हिकिला प्रहरी चौकी इन्चार्ज राजबहादुर पाली बोगटी लगायतका व्यक्तिहरु प्रत्यक्षदर्शी रहेको रोजगार संयोजक डडालले बताए । साथै प्रत्यक्षदर्शीहरुले पनि वडाध्यक्ष डडालले कर्मचारीमाथि हात उठाएको बताएका छन् । साथै जनप्रतिनिधिको हर्कतलाई गाउँपालिकाको सिसिटीभि फुटेजहरुबाट समेत प्रष्ट हुने रोजगार संयोजक बडालको भनाई छ ।
सो विषयमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष गोविन्द सिंह डडालले फोन उठाएनन् । दुहुँगाउँपालिकाको अफिसियल वेवसाइटमा उपलब्ध गराएको नम्बरमा ३ पटक फोन लागेपनि उनले फोन उठाएनन् । उनले नेपाली काँग्रेसबाट वडा अध्यक्षमा चुनाव जितेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्