दार्चुलाको मालिकार्जुन गाउँपालिकामा कोराना नियन्त्रणका लागि प्राविधिक समिति गठन, २ वटा एम्बुलेन्स किन्ने निर्णय

गणेशसिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिकाले कोरोना महामारी रोकथाम तथा व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरी परिचालन गर्ने निर्णय गरेको छ ।

असार ५ गते बसेको गाउँपालिकाको ६३औँ बैठकले सो निर्णय गरेको हो । एक जना संयोजक सहित तीन सदस्यीय प्राविधिक टोली गठन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले जानकारी दिए । समिति सदस्यहरुलाई संघीय र प्रदेश सरकारको मापदण्ड अनुसारको सेवा सुविधा दिने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले जिल्ला व्यवस्थापन तथा संकट व्यवस्थापन केन्द्रको पीसीआर मेसिन खरिद गर्ने निर्णय अनुसार मालिकार्जुन गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जिल्लाका सबै स्थानीय तह मिलेर पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको थियो ।

गाउँपालिकाले सवारी साधन खरिद शीर्षकको ७० लाख बाट रकमान्तर गरेर कोरोना कोषमा ४० लाख राख्ने निर्णय गरेको छ भने बाँकी ३० लाखको २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको अध्यक्ष धामीले जानकारी दिए । त्यस्तै कर्मचारी तालिम शीर्षकबाट ३० लाख र न्यायिक समिति तालिम शीर्षकबाट ३५ लाख बजेट कोरोना कोषमा राख्ने निर्णय पनि गरिएको छ । यस्तै गाउँपालिका अन्तरगतका विभिन्न विद्यालयहरुमा विभिन्न तहका निजी शिक्षक १६ जना र समायोजन भएका विद्यालयका परिचरहरुलाई चालु वर्षकै बजेटबाट तहगत सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष धामीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्