चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी, चिनियाँ सैनिकलाई उत्तेजित नपार्न चीनको आग्रह

काठमाडौँ – भारत र चीनको सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुवै देशका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच बुधबार दिउँसो टेलिफोनमा कुराकानी भएको हो ।

कुराकानी क्रमा दुई विदेश मन्त्रीले सीमामा भइरहेको तनावबारे छलफल गरेका थिए । ‘विदेश मन्त्री यीले समकक्षी जयशंकरलाई सोमबारको घटनामा अनुसन्धान गर्न, त्यसका जिम्मेवारहरूलाई कारबाही गर्न र उक्त क्षेत्रमा चिनियाँ सैनिकलाई उत्तेजित पार्ने गतिविधि रोक्न भने,’ ग्लोबल टाइम्सले लेखेको छ । दुबै विदेश मन्त्रीले गल्वान उपत्यकामा उत्पन्न गम्भीर अवस्थालाई न्यायोचिन रूपमा व्यवस्थापन गर्ने बताएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकको बलिदान खेर नजाने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्