CORONA

लद्दाखमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त, २० भारतीय सैनिक मारिए

काठमाडौं – लाइन अफ एक्च्युल(एलएसी)को लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तिमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह एकजना कर्णल र दुई सिपाहीको मृत्युको पुष्टि गरेको भारतीय अधिकारीहरुले मंगलबार साँझ २० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
४५ वर्ष यता भारत र चिनियाँ सीमा क्षेत्रमा यति धेरै संख्यामा सेनाको मृत्यु भएको यो पहिलो पटक हो । सीमा क्षेत्रमा करीब एक महिनादेखि विवाद चल्दै आएको छ । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा दुबै तर्फको सेनाबीच सोमबार साँझ भिडन्त भएको हो ।

चीनले क्षतिबारे केही जानकारी गराएको छैन् । यद्दपी उसले भारतीय सेना चिनियाँ भूमीमा आएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भारतीय सेना चिनियाँ भूमीमा आएर उक्साउने कार्य गर्दा दुबैतर्फ क्षति हुनेगरी भिडन्त भएको बताएका छन् । चीनतर्फ पनि क्षति भएपनि पुष्टि भइसकेको छैन् ।
मई पहिलो साता चिनियाँ र भारतीय भूभाग जोड्ने लद्दाख क्षेत्रमा दुबै पक्षका सेनाबीच सामान्य विवाद हुँदा सेना जुध्न पुगेको थियो । उक्त विवाद साम्य बनाउन दुबै पक्षले शान्तीपूर्ण वार्तालाई जारी राख्दा ठूलो संख्यामा क्षति हुने गरी भिडन्त भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्