भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको चीनको दावी

भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको बताएका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यू भएको चिनिया विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।

‘भारतीय सैनिकहरुले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेशमन्त्रीलाई उधृत गर्दै ट्वीटरमा लेखेको छ ।

समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकहरुलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

विदेशमन्त्रीले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।

 

लद्दाखको गलवान भ्यालीमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्