युरोपेली मुलुकहरुको गरे आपसी सिमाना खुला

FILE PHOTO

काठमाडौं – युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो ।

सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरुलाई पनि युरोपेली देशहरुमा प्रवेशका लागि अझै खुल्ला गरिएको छैन ।

युरोपेली संघ अन्तर्गतका २७ देशहरु र केही ‘सेन्जेन’ देशहरुसँगै संघको सदस्य नरहेका देशहरुमा पनि अन्य देशका नागरिकहरु केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा पनि अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ । सिमाना खुल्ला गरिएको र रेस्टुरेन्टहरु पुनः सञ्चालन गर्नेसम्वन्धी घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले गरेका थिए । उनले सङ्कटपछिको नयाँ अवस्थामा आफुहरु फर्किएको बताउँदै सङ्कटविरूद्धको लडाईंपछि पहिलो नयाँ थालनी भएको उल्लेख गरे ।

उनले महामारी विरूद्धको लडाईंको नयाँ चरणमा प्रवेश गरिएपनि चुनौती र खतरा भने कायमै रहेको ध्यानाकर्षण गराए । युरोपेली देशहरूमा अहिलेसम्म कोरोनाभाइरसका कारण झण्डै एक लाख ८२ हजार जनाको मृत्यु भइसकेको तथ्याङ्क छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका थिए । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयले विश्वभरी झण्डै ८० लाख मानिस सङ्क्रमित भएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्