दार्चुला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

गणेशसिंह धामी
दार्चुला – जिल्ला कारागार दार्चुलाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । कोरोना महामारीका बेला प्रहरी नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टीनको सुरक्षामा केन्द्रित भएकाले कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । गत विहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सोहि बमोजिम आजबाट कारागारको सुरक्षामा सेना खटिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए ।

यसअघि कारागार सुरक्षामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ११ जना प्रहरी खटिएका थिए । प्रहरीको संख्या कम भएपछि स्थानीय प्रशासनले कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले बताए । अहिले क्वारेन्टीन, शान्ति सुरक्षा लगायत अपराधिक क्रियाकलापमा खटिने प्रहरीको अभाव भएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको जिम्मा नेपाली सेनालाई दिइएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्