जन सम्पर्क समिति दक्षिण कोरियाको प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

खेम साउद / दक्षिण कोरिया

नेपाली कांग्रेसको प्रवास भातृ संगठन जन सम्पर्क समिति दक्षिण कोरियाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

कोरोना त्रासको कारण पछिल्लो समय देश भित्र र बिदेशमा रहेका नेपालीहरुले भोग्नु परेका समस्या र तिनको समाधानका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै साेमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हाे । जन सम्पर्क समिति दक्षिण कोरियाका कार्यवाहक सभापति जितेन्द्र सिह महता र महामन्त्री कमल बहादुर थापा मगरले सउल स्थित नेपाली राजदूतावासका कार्य वाहक राजदुत राम सिंह थापा मार्फत ज्ञापन पत्र पठाएकाे हाे ।

ज्ञापन पत्रमा बढ्दै गईरहेको कोरोना संक्रमण र मृतकको संख्या रोकथामका लागि ढिला सुस्ती नगर्न र समय मै सरकार गम्भीर नभए आउन सक्ने भयावह स्थिति प्रति सचेत रहि कोरोना बिरुद्धको लडाईंमा युद्ध स्तरमा कार्य अगाडी बढाउन अपिल गरिएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै जादा पनि परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामग्री र परिक्षण को व्यवस्था नहुनु, क्वारेन्टाइनहरु नाम मात्रको हुनु, क्वारेन्टाइन मै नागरिकको मृत्यु हुनु, सरकारले पिडामा रहेका नागरिकहरुलाई उचित राहत प्याकेजको प्रबन्ध गर्न नसक्नु, मृत्यु पश्चात कोरोना पोजेटिभ भनेर रिपोर्ट आउनु सरकारको कमजोरी भएको ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार लगायत अग्र पंक्तिमा काम गर्नेहरुको मनोबल बढाउन नसक्नु र बिदेशमा बिभिन्न कारणले समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न भईरहेको ढिला सुस्तीले सरकारको गैर जिम्मेवारीपन र असक्षमता देखिएको भन्दै यो बिषम परिस्थितिमा पनि कोरोनाको नाममा भईरहेका भ्रष्टचारजन्य गतिविधि र त्यसमा सरकार कै मन्त्रीहरु संलग्न भएका समाचारहरू आउनुले अन्तर्राष्ट्रीय जगतमा समेत नेपालको शीर निहुरिने काम भएको ज्ञापन पत्रमा भनिएको छ।

यसैगरी ज्ञापन पत्रमा भारत लगायत बिभिन्न देशमा बिभिन्न अप्ठ्यारोमा परेका, भिसा सकिएर स्वदेश फर्कनै पर्ने अवस्था भएका नागरिकहरुको यथाशीघ्र उद्दार गर्न, क्वारेन्टाइनहरुलाई मापदण्ड अनुरुप व्यवस्थित गर्न र क्वारेन्टाइनमा रहेकाहरुको अनिवार्य र छिटो छरितो कोरोनाको पिसीआर परिक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाउने तर्फ समेत सरकारको गम्भीर ध्यानाकर्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्