चौरजहारी नगरपालिकाले पीसीआर मेशिन खरिद गर्दै

रुकुम पश्चिम – रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले कोभिड–१९ भएनभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ । तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ । रु एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्