नेपाल र नेपाली जनताको लागि ऐतिहासिक दिनः नगर प्रमुख धामी

दार्चुला – शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले आज नेपाल र नेपालीको लागि ऐतिहासिक दिन भएको बताएका छन् ।
संविधान संशोधनको खुसियालीमा आफ्नै निवासमा दिपावली मनाउँदै प्रमुख धामीले यस्तो बताएका हुन् ।
नगर प्रमुख धामीले भने, “लामो समयदेखि नेपालको भू–भाग भारतले अतिक्रमण गरेको थियो, नेपालको नक्सामा नै थिएन, आज नक्सा जारी भयो, यो सम्पूर्ण नेपाली र नेपालको लागि ऐतिहासिक दिन हो ।” राष्ट्रियताको सवालमा सबै नेपालीलाई एक हुन पनि प्रमुख धामीले आह्वान गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा आज संसदबाट सर्वसम्मत पारित भएपछि देशभरी नै खुसियाली छाएको छ ।

उनले एक फरक प्रसँगमा कोरोना भाइरसको महामारी विरुद्ध सबै सचेत भएर लड्नु पर्ने धारणा पनि राखे । सबै नगरवासीहरुले संयमित भएर कोरोना भाइरसलाई परास्त गर्न एकजुट हुनुपर्ने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्