कोरोना प्रभावित मुलुकको सूचीमा भारत चौथो स्थानमा, संक्रमितको संख्या ३ लाख नजिक

काठमाडौँ – भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार भन्दा धेरै संक्रमित थपिएपछि भारतले स्पेन र बेलायतलाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो । भारत भन्दा अगाडी अमेरिका, ब्राजिल र रुस छन् । अमेरिका सबै भन्दा बढी प्रभावित देश हो । अमेरिकामा २० लाख ८० हजारको हाराहारीमा संक्रमितको संख्या पुगेको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख भन्दा धेरै संक्रमित छन् । तेस्रो स्थानमा रहेको रुसमा ५ लाख भन्दा बढी संक्रमित छन् ।

वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या ३ लाख नजिक छ । भने मृतकको संख्या साढे ८ हजार नाघेको छ । यो सँगै भारत विश्वका प्रभावित मुलुकको चौथो स्थानमा परेको छ । भने एशियाको सबैभन्दा प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्