डडेल्धुरामा हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

डडेल्धुरा –  जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा  राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले बुधबार राति टाउकोमा  हिर्काएका थिए ।

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्