‘पाकिस्तानको गलत नक्सा’ प्रसारण गरेको भन्दै जिम्मेवार दुईजनाको जागिर चट्

पाकिस्तानको सरकारी टिभी च्यानल पीटीभीले ‘पाकिस्तानको गलत नक्सा’ प्रसारण गरेको भन्दै आफ्नो दुई कर्मचारीलाई जागिरबाट निष्कासित गरेको छ ।

उक्त नक्शामा कश्मीरको त्यो हिस्सालाई भारतको हिस्सा भनेर देखाइएको थियो जसलाई पाकिस्तानले आफ्नो हिस्सा बताउने गर्छ तर भारतले पनि त्यसमाथि आफ्नो दाबी जताउने गर्छ । पीटिभीमा उक्त नक्सा प्रसारण भएपछि पाकिस्तानमा विवाद निम्तिएको छ र संसदको माथिल्लो सदन सिनेटमा पनि जून ८ मा यो विषयमा चर्चा भएको थियो । त्यसपछि सिनेटका चेयरम्यान सादिक संजरानीले यसलाई सूचना तथा प्रसारणमा संसदीय समिति समक्ष पठाएको थियो ।

विवाद बढ्न थालेपछि बुधबार पीटिभीले आफ्ना दुई कर्मचारीलाई जागिरबाट निकालेको जानकारी ट्वीटरमार्फत् दियो । पीटिभीले यसबारे जानकारी दिँदै भनेको छ, ‘६ जूनमा पीटिभी न्यूजमा पाकिस्तानको गलत नक्सा प्रसारणका लागि जिम्मेवार दुई अधिकारीको कार्यकाल समाप्त गरिएको छ ।’

पाकिस्तान सरकारका केही मन्त्रीले यसबारे खुल्ला रुपमा सोसल मिडियामा पीटिभीको आलोचना गरेका थिए ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्