दार्चुलाका स्थानीयतहरुले पीसीआर मेशिन खरिद गर्ने

दार्चुला – दार्चुलाका स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने भएका छन् ।
कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै यहाँका स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका हुन् । अहिले सुदरुपश्चिममा प्रादेशिक अस्पताल धनगढीमा मात्रै पीसीआर मेसिन रहेको छ ।

बिहीबार जिल्ला समन्वय समिति, ९ वटै स्थानीय तहका प्रमुखसहित सरोकारवालाको जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

पीसीआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अध्ययनको लागि जिल्ला समन्वय समितिका प्रमुख करवीर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले जिल्लामा पीसीआर टेस्ट गर्ने मेसिन खरिद गर्न आवश्यक बजेट, जनशक्ति तथा भौतिक संरचना लगायतका व्यवस्थापकीय पक्षका समन्बन्धमा विज्ञसँग छलफल गरि प्रतिवेदन तयार गर्ने जनाएको छ । समितिमा ६ सदस्य रहेका छन् ।

समितिमा जिल्ला समन्वय समितिका प्रमुख कार्की संयोजक, महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवाल, जनस्वास्थ्य अधिकृत जयराज भट्ट र जिल्ला समन्वय अधिकारी मोहनसिह धामी सदस्य रहेका छन् ।

रोजगारीको लागि भारतमा गएकाहरु नेपाल फर्किने क्रम अझै रोकिएको छैन । भारतबाट आउनेको संख्या बढेपछि दार्चुलाका स्थानीयहरुका क्वारेन्टाइन भरिएका छन् । परीक्षण भने सुस्त गतिमा भइरहको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्