अछामको एक क्वारेन्टाइनमा रहेकी महिलाले बच्चा जन्माईन्, आमा र बच्चाको अवस्था सामान्य

सांकेतिक तस्बिर

अछाम – भारतबाट आएर क्वारेन्टाइनमै रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् ।
मङ्गलसेन नगरपालिका–१, कुन्तीकी २७ वर्षीया रुबिना थापाले क्वारेन्टाइन स्थलमै शिशुलाई जन्म दिएकी हुन् । सोही वडाको कुन्ती माविमा रहेको क्वारेन्टाइनमा जेठ १४ देखि बसिरहेकी रुबिना अनमी कल्पना भण्डारी र जमुना खातीको सहयोगमा सुत्केरी भएको कुन्तीका स्वास्थ्य चौकी इन्चार्ज अर्जुन बोहराले जानकारी दिए । बोहराका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुत्केरी रुबिनालाई सोही क्वारेन्टाइनमा रहेको अलग्गै कोठामा राखेर सुत्केरी गराइएको बताइएको छ ।

रुबिनासहित उक्त क्वारेन्टाइनमा रहेका नौ जनामा कोरोना जाँचका लागि जेठ १९ मा स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दा एक ५२ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतबाट आएर उक्त क्वारेन्टाइनमा रहेका ३२ जनाको बुधबार नै आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाइएको छ । यसअघि पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई समेत घरमा एकान्तवास बस्ने गरी घर पठाइएको वडा अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्