रौतहटको एउटै स्थानीयतहमा १३५ जना कोरोना संक्रमित

रौतहट – रौतहट जिल्लाको एउटै स्थानीयतहमा १३५ जनामा कोरोना भाइरस संक्रमिण पुुष्टि भएको छ । कोरोना भाईरस संक्रमितको संख्याका हिसाबले रौतहट जिल्ला प्रदेश २ को सबैभन्दा धेरै संक्रमित भेटिनेमा पर्छ ।
बुधवारमात्रै बिभिन्न अस्पतालबाट आएको रिपोर्ट अनुसार रौतहटमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यसका साथैरौतहटको दक्षिणीभेगको ईशनाथ नगरपालिकामाजिल्लाको १८ वटा स्थानीय तहमध्ये धेरै संक्रमित भेटिनेमा पर्छ । ईशनाथ नगरपालिकामा बुधवारसम्म एकसय ३५ जनामा कोरोना भाईरस पुुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले जानकारी दिए ।

बुधवारको रिपोर्ट अनुसार ईशनाथमा १४, जुुद्ध मावि गौरमा १७ जना, राजपुरमा १४,देवाही गोनाही टिकुलियामा ६ र कटहरिया नगरपालिका मावि भसेढवामा २ गरी कुुल ५३ जनामा कोरोना पुुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

योसहित रौतहटमा कोरोना भाईरस संक्रमितको कुल संख्या ४सय ८६ पुुगेको छ ।

यो संख्यामा रौतहट घरभई बारामा कार्यरत एकजना स्वास्थकर्मी र एकजना संक्रमित सुुरक्षाकर्मी समेत जोडिएको छ । रौतहटमा बुुधवारसम्म २१ जना कारोना जितेर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्