प्रधानमन्त्री ओलीको रचना रहेको गीत एल्बम विमोचन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका हुन् । ।

राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । त्यस्तै पौडेलले रचना गरेको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन्।  रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिएका छन् । त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलीना राईले आवाज दिएका छन्। किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको सङ्गीत संयोजन रहको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले सङ्गीत दिएका छन्

प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिए। कार्यक्रममा यहाँ रहेका ७० जनाभन्दा बढी सडक मानवलाई खाना खुवाइएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्