कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो । उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्