मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, असार अन्तिम साता ल्याउने तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारीमा राष्ट्र बैंक जुटेको हो ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गर्ने छ । बैंकका अनुसार जेठ महिनादेखि नै सुझाव संकलनको काम सुरु हुने छ ।

नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा समेत रहेको राष्ट्र बैंकले हरेक वर्ष सरोकारवालाहरुको सुझावसमेत लिएर मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ । वेबसाइटबाट सुझाव दिन आह्वान गर्नुका साथै निजी क्षेत्र, बैंकिङ, बीमा, सहकारी लगायतका सबै सरोकारवालाहरुसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्