‘अमेरिकाको भाग्ने बानी छ’–चीन

FILE PHOTO: U.S. President Donald Trump meets with China's President Xi Jinping at the start of their bilateral meeting at the G20 leaders summit in Osaka, Japan, June 29, 2019. REUTERS/Kevin Lamarque/File Photo

जेन्सी – विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । मन्त्रालयले अमेरिकाको उक्त कदमको विश्लेषण गर्दै भनेको छ, ‘अमेरिकाको भाग्नी बानी छ ।’

अमेरिकी कदमको कडा टिप्पणी गर्दै मन्त्रालयले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेकोे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।

विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै ट्रम्पले भनेका थिए, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेको छ, किनभने यो अन्तर्राष्ट्रिय एजेन्सी कोरोना भाइरस महामारी रोक्न असफल भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्