बैतडीको दनपाका क्वारेन्टाइन भरिए, उपप्रमुख भन्छन्– ‘परीक्षण गर्ने किटहरुको अभाव भयो’

बैतडी – दशरथ चन्द नगरपालिकामा भारतबाट नेपाल भित्रिनेको संख्या बढे सँगै क्वारेन्टाइन भरिएका छन् ।

सोमबार उपहार खबरसँग संक्षिप्त कुराकानी गर्दै नगर उपप्रमुख मीना चन्दले रोजगारीको सिलसिलामा भारतमा गएका नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँगै क्वरोन्टाइन क्वारेन्टाइन भरिएर व्यवस्थापनमा थप चुनौती बढेकोे बताइन् । नगरपालिका भित्र जम्मा २४ ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । नगर भित्रका सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो । क्वारेन्टाइनमा ४३७ जना पुरुष र ३७ जना महिलाहरु गरि जम्मा ४७४ जना छन् । ‘भारतबाट आउनेक्रम रोकिएको छैन, क्वारेन्टाइनहरु भरिए, अब क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ’ उपप्रमुख चन्दले भनिन् ।

क्वारेन्टाइनमा खानेपानीको अभाव र शौचालयको अभाव भएको पनि उनले बताइन् ।नगरपालिकाको स्रोत र साधानको भरपुर प्रयोग गर्दा पनि अबका दिनमा समस्या हुने उनको तर्क छ । नगरपालिकासँग परीक्षणको लागि आरडीटी कीट समेत नभएको उनले बताइन् । उनले प्रदेश र संघीय सरकारले तत्काल परीक्षणको दायरा बढाएर छिटो भन्दा छिटो परीक्षण गर्नुपर्नेमा जोड दिइन् । खाद्यान्न तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट भित्र्याउनुपर्ने भएकाले लकडाउन हुँदा समस्या भएको छ ।

नगरपालिकाले यस अघि नै रु ५० लाख भन्दा बढीको खाद्यान्न वितरण गरिसकेको छ । जसमा ५ हजार ४०० परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । असार मसान्त नजिक भएकोले सबै योजनाहरुको सम्झौता भएर भुक्तानीको अन्तिम चरणमा भएकोले बजेट व्यवस्थापनमा समस्या भएको छ’ । उपप्रमुख चन्दले भनिन् । अहिले कोरोनाको महामारीसँग लड्नु प्रमुख प्राथमिकता भएको हुनाले केही योजनाहरुको बजेट अर्को वर्ष भुक्तानी गरि त्यो बजेट कोरोना नियन्त्रणमा लगाउने निर्णय गरिएको पनि उनले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्