सिन्धुपाल्चोकका क्षेत्रीय क्वारेन्टाइनमा योग अभ्यास शुरु

सुशील सुवेदी
सिन्धुपाल्चोकका क्षेत्रिय क्वारेन्टाइनमा योग अभ्यास शुरु भएको छ ।
सोमबारबाट चौताराको जिल्ला समन्वय समितिको भवनमा रहेको क्षेत्रिय क्वारेन्टाइनमा भारतबाट आएका ४० जनाको समुहलाई योग अभ्यास शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए । क्वारेन्टाइनमा रहेको बेलामा नकारात्मक मानसिकता पैदा हुन सक्ने हुदा केही हदसम्म मानसिक र शारीरीक अबस्था सन्तुलनमा राख्नका लागि ३ दिने योग अभ्यास संचालन गरिएको तामाङले बताए ।

जिल्ला बिपत व्यवस्थापन समितिले जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयका प्रमुख संयोजक रहेको योग तथा मनोपरामर्श उपसमितिले क्षेत्रिय क्वारेन्टाइनमा योग अभ्यास संचालन गर्ने निर्णय गरे संगै योग अभ्यास शुरु भएको हो । योग पतन्जली जिल्ला कार्यालयकाका अध्यक्ष कमल कृष्ण अधिकारी र स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपानेले उक्त अभ्यास गराउनुभएको हो । उक्त अभ्यास जिल्लका ३ वटै क्षेत्रिय क्वारेन्टाइनमा ३ दिन संचालन गरिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्