पत्रकार धानुकले बोलेको विवादास्पद अडियोमा शुक्लाफाँटा नगरपालिकाको गम्भीर ध्यानाकर्षण, सत्य तथ्य छानविन गरि दोषीमाथि कारवाहीको माग

कञ्चनपुर – पत्रकार नवराज धानुकको विवादास्पद अडियोबारे शुक्लाफाँटा नगरपालिकाले सत्यतथ्य छानविन गर्न माग गरेको छ ।
पत्रकार नवराज धानुकले शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष तथा बैजनाथ उपभोक्ता वन समितिका अध्यक्ष बहादुर सिंह महरालाई महिला प्रयोग गरि बलात्कारको मुद्दामा फसानउन स्थानीयहरुलाई सल्लाह दिएको अडियो क्लिप शनिबार बाहिरिएको थियो । त्यस पछि सामाजिक संजालमा पत्रकार धानुकको चर्को आलोचना भइरहेको छ । यसै विषयलाई लिएर शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “तातो बहस कार्यक्रमका प्रस्तोता तथा क्यापिटल लाइभ मिडियाका पत्रकार नवराज धानुकले केन्द्र वनमा प्रचलित कानुन बमोजिम कार्ययोजना अगाडी बढीरहेका बेला गाउँका सर्वसाधारण जनताको भीड जम्मा गरि शु.न.पा. वडा नं. ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका समेत अध्यक्ष रहेका बहादुर सिंह महराको चरित्र हत्या गर्ने गरि सुनियोजित योजना बनाउन महिलालाई प्रयोग गर्ने सल्लाह दिई आम महिला दिदि बहिनीहरुको समेत अपमान हुने गरि अपशब्द प्रयोग गरि सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको अडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको पाइएकोले शुक्लाफाँटा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।”

साथै विज्ञप्तिमा पत्रकार जस्तो सम्मानित क्षेत्रको समेत बदनाम हुने गरि भएको उक्त कार्य निन्दनीय छ । सत्य तथ्य छानविन गरि दोषीलाई कारवाही गर्न समेत नगरपालिकाले सम्बन्धित पक्षसँग माग गरेको छ ।

 

यो पनि पढ्नुहोस्

पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्