प्रभु बैंक लिमिटेडको बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन, आजबाट नियमित सेवा दिने

काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैकिङ्ग सफ्टवेयर प्रतिस्थापन सम्पन्न गरेको छ ।
बैंकले प्रयोग गर्दै आएको पुमरी सफ्टवेयरको साटो फिन्याकल सफ्टवेयर प्रतिस्थापन गरेको हो । सफ्टवेयर परिवर्तनका लागि ३ दिन बन्द भएको बैंकिङ्ग सेवा आज देखि नियमित हुने बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ सफ्टवेयरको कारणले सबै ग्राहकहरुका खाता नम्बर परिवर्तन भएका छन् । नयाँ खाता नम्बर नजिकको शाखा कार्यलयबाट लिन सकिने बैंकले जनाएको छ ।

बैंकले यस अघि सफ्टवेयर परिवर्तनको लागि भन्दै बैंकले बिहिबार अपराह्न देखि आइतबार बिहान ९ बजे सम्मका लागि सबै सेवाहरु बन्द गरेको थियो । आज ९ बजेबाट सबै सेवाहरु संचालन हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्