कालिकोटका १८ र सल्यानका २२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या १२३

सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् । यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्