देवचुली नगरपालिकाका २ जनामा कोरोना संक्रमणको पुष्टि

नवलपुर – गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली नगरपालिका १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमित गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली नगरपालिकाको क्वारेनटाईनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्