विद्युत महसुलमा छुट, हवाई कम्पनी र निर्माण व्यबसायीलाई सहुलियत

काठमाडौं – मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क, १५० युनिटसम्ममा २५ प्रतिशत र २५० युनिटसम्ममा १५ प्रतिशत छुट दिने अर्थमन्त्री डा( युवराज खतिवडाले बताए । कोरोना संक्रमणको जोखीमको अवधिभर उद्योगहरुमा लिईदै आएको डिमान्ड सुल्क हटाइएको छ भने कम माग हुने समयको विद्युत् खपतमा महशुलमा ५० प्रतिशत छुट हुनेछ ।

हवाई कम्पनीहरुका लागि पार्किङ सुल्क लाईसेन्स नविकरण तथा पूर्वाधार करमा छुट दिईएको छ । निर्माण व्यवसायीलाई लक्षित गर्दै बन्दाबन्दीको अवधिभर ठेक्का अवधि र बैंक ग्यारेन्टीको अवधि थप गरिएको छ । नवप्रवर्तनकारी उद्योग सञ्चालन गर्न चाहनेका लागि २ प्रतिशत व्याजदरमा उपलब्ध हुने गरी नवप्रवर्तन सुरुवाती कोष स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले वजेटमा उल्लेख गर्नु गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्