शैल्यशिखर–६मा रहेको स्वास्थ्य इकाई भवनको उद्घाटन नहुदै हावाहुरीले छत उडायो

गणेशसिंह धामी

दार्चुला – शैल्यशिखर नगरपालिका वडा नं.–६ मिलमिलीमा रहेको स्वास्थ इकाइको भवनको छत उडाएको छ ।
बुधबार आएको हावाहुरीले भवन बनाएको एक वर्ष नपुग्दै छत उडाएको छ । गत वर्ष १३ लाख प्रदेश सरकारको अनुदान र ३ लाख नगरपालिकाको गरि १६ लाखमा उक्त दुई कोठे भवन, एक शौचालय र प्रतीक्षालय निर्माण गरिएको वडा नं.– ६ का वडा अध्यक्ष गोपालसिंह धामीले उपहारखबरलाई जानकारी दिए । स्वास्थ्य इकाई भवनको उद्घाटन समेत नगर्दै हावाहुरीले छत उडाएको हो ।

स्वास्थ इकाईको छत हावा हुरीले उडाएपछि स्थानीयहरु झनै चिन्तित भएका छन् । लकडाउन हटेपछि स्थानीय सरकाले उक्त इकाईमा कर्मचारी नियुक्त गरि सेवा दिने वडा अध्यक्ष गोपाल सिंह धामीले जानकारी दिए ।

गत वर्ष स्थानीय सरकारसँग बजेट नपुग भएपछि कर्मचारी कर्मचारी नियुक्ति रोकिएको थियो । यस क्षेत्रका सेवा ग्राही हरुले सामान्य सिटामोल लिन पनि मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीय सरकार गठन भएको ३ वर्ष पुरा भएपनि सिटामोलका लागि ५ घण्टाको पैदल यात्रा गनुपर्ने भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

स्थानीयहरुले पटक–पटक नगरपालिकासँग कर्मचारी नियुक्तिको माग राखेपनि नगरको लापरवाहीले जनताहरुले दुख पाएको स्थानीय युवा जगदीश धामीले बताए । उनले भने, “नगरपालिकाको चरम लापरवाहीले गर्दा यस क्षेत्रका जनताहरुले दुख पाइरहेका छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्