नुवाकोटको ककनी गाउँपालिकाले विकास निर्माणका योजना र बजार अनुगमनमा तिव्रता दियो

नुवाकोट – ककनी गाउँपालिकाले बजार र आयोजना अनुगमन लाई तिव्रता दिएको छ ।
कोरोनाको महामारीमा हुने कालो बजारी रोक्नका लागि बुधबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सीता खतिवडाको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा म्याद सकिएका सामानहरु नष्ट गरिएको उपाध्यक्ष खतिवडाले जानकारी दिइन् । सबै पसलहरुलाई मुल्यमा एकरुपता गर्न पसलमा बोर्ड, मुल्य सूची राख्न र पसल व्यवस्थापन गर्न निर्देशन दिएको समेत उपाध्यक्ष खतिवडाले जानकारी दिइन् ।

उपाध्यक्ष खतिवडाले गाउँपालिकामा संचालित विकास निर्माणका योजनाहरुको पनि अनुगमन गरेकी छिन् । उनले अनुगमनका क्रममा मापदण्ड अनुसार नै विकास निर्माणका कामहरु गर्न निर्देशन दिएको जानकारी दिइन् ।

अनुगमनमा वडा नं. ४ का वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्