‘नेपाल र चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ’ : इमरान खान

काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् ।

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल र चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’

अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्