नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारीले लिए शपथ

काठमाडौं – नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पिताम्बर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल राष्ट्र बैंकमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भण्डारीलाई शपथ ग्रहण गराएका हुन्।

भण्डारी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनीसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशक लामो अनुभव रहेको छ। राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणदेखि अनुसन्धान विभागसम्म विभिन्न जिम्मेवारी सम्हालेका थिए। सरकारले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई हटाउने निर्णय गरेपछि नेपाल बैंकका तत्कालीन अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले वैशाखमा राजीनामा दिएका थिए। सोही क्रममा सरकारी लगानी रहेका अन्य बैंकका अध्यक्षहरूले समेत पदबाट राजीनामा दिएका थिए।

भण्डारीको नियुक्तिसँगै नेपाल बैंकको सञ्चालक समितिले नयाँ नेतृत्व पाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्