कांग्रेस संसदीय दलको बैठक आज बस्ने, राजनीतिक अवस्था र संसदीय रणनीतिबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी संसदीय रणनीति लगायतका विषयमा छलफल हुने जनाइएको छ। त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम, जनसरोकारका समसामयिक विषय तथा प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ।

बैठकले संसद्मा कांग्रेसले आगामी दिनमा खेल्ने भूमिका तथा समसामयिक राष्ट्रिय विषयमा पार्टीको धारणा तय गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्